प्रचण्ड निवास र सञ्चार मन्त्री गुरुङको घरमा तोडफोड र आगजनी
काठमाडौं, भदौ २४ गते । प्रदर्शनकारीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमा तोडफोड र आगजनी गरेका छन् । नजिक रहेको प्रहरी बिटमा आगजनी गरेर अघि बढेको समूहले प्रचण्डको निवास पुगेर ढुंगामुढा गरेका हुन् ।
उनीहरु गेट अगाडि उभिएर ढुंगामुढा गरिरहेका छन् ।
आज बिहानैदेखि ललितपुरका विभिन्न ठाउँमा प्रहरी बिटमा आगो लगाउने र प्रदर्शन गर्ने क्रम जारी छ ।
एक समूहले ललितपुर सुनाकोठीको ढोलाहिटीस्थित सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको निवासमा समेत आगजनी गरेको छ ।
आजै बिहानै हरिसिद्धीस्थित प्रहरी प्रभागमा पनि आगजनी भएको छ ।
सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको घरमा आगजनी भएको छ ।
केहीबेरअघि मन्त्री गुरुङको घरमा पुगेर प्रदर्शनकारीहरूले आगजनी गरेका हुन् ।
सुरुमा प्रदर्शनकारीहरूले ढुंगामुढा गरेका थिए । आक्रोशित उक्त भिडले मन्त्री गुरुङको घरमा आगजनी गरेको एक सुरक्षा अधिकृतले जानकारी दिए ।

















