पत्रकार श्रेष्ठलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

नागरिक सञ्चार
२८ श्रावण २०८३, बिहीबार १८:४५

काठमाडौं, साउन २८ गते । पत्रकार किशोर श्रेष्ठविरुद्ध जिल्ला अदालत काठमाडौंले अनुसन्धानका लागि तीन दिनको म्याद थपको अनुमति दिएको छ। न्यायाधीश उमेश प्रसाद लुइँटेलको इजलासले म्याद थपको अनुमति दिएको हो।
श्रेष्ठलाई प्रहरीले बुधबार राति ललितपुरस्थित आफ्नै निवासबाट पक्राउ गरेको थियो।
श्रेष्ठ जनआस्था साप्ताहिक तथा जनआस्था डटकमका सञ्चालक एवं सम्पादक हुन् । उनलाई वैयत्तिक गोपनीयताको हनन् सम्बन्धी कसुरमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।
उनको रिहाइको माग गर्दै पत्रकारसँग सम्बन्धित संघसंस्थाहरूले प्रदर्शन गरिरहेका छन्। उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*