इलाम चुलाचुलीका लेखा अधिकृत र इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा

नागरिक सञ्चार
२६ श्रावण २०८३, मंगलवार १५:४२

काठमाडौं, साउन २६ गते । इलामको चुलाचुली गाउँपालिकाका लेखा अधिकृत मिलनकुमार भट्टराई र इन्जिनियर डिल्लीराज खड्काविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ ।

पुलको डिजाइन स्वीकृत र ठेक्काको भुक्तानी प्रक्रियामा सहजीकरण गरिदिने भन्दै सवाग्राहीसँग घुस लिएको आरोपमा उनीहरूविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा  दायर गरेको हो ।

इटहरीबाट खटेको आयोगको टोलीले सेवाग्राहीसँग ६ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा उनीहरूलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको थियो ।

अनुसन्धानको क्रममा दुवै जनाको मिलोमतोमा सेवाग्राहीसँग ६ लाख रुपैयाँ घुस लिएको पाइएको भन्दै आयोगले उनीहरूलाई ६  लाख रूपैयाँ बिगो कामय गरी मुद्दा दायर गरिएको आरोपपत्रमा उल्लेख छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*