थापालाई फरक मत राख्न रोक

एमाले विधान महाधिवेशन
नागरिक सञ्चार
२१ भाद्र २०८२, शनिबार १३:४३


काठमाडौँ भदौ २० गते । एमाले स्थायी कमिटी सदस्य कर्ण थापालाई फरक मतबारे धारणा राख्न रोक लगाइएको छ। शुक्रबारदेखि ललितपुरको गोदावरीमा जारी विधान महाधिवेशन अन्तर्गत शनिबार दोस्रो दिनको सत्रमा थापाले आफ्नो फरक मत राख्न चाहेका थिए। तर अध्यक्ष केपी शर्मा ओलीले उनलाई फरक मत राख्नबाट रोकेका हुन्।

फरक मतमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता रोकिएको विषय पनि उठाइएकाले बोल्न नदिइएको एक नेताले बताए।

कार्यक्रम राखेर पनि बोल्न दिइएन। दस्तावेज वितरण गरियो। तर बोल्न रोकियो, आफूलाई रोक लगाइएपछि थापाले भने।
थापाले आफ्नो ३० पेजको फरक मत छापेर महाधिवेशन हलमा वितरण गरेका छन्। तर त्यसलाई प्रस्तुत गर्न भने नदिइएको हो।
एमाले स्थायी कमिटी बैठकले फरक मतलाई छलफल गर्ने निर्णय गरेको थियो। तर फरक मतमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता रोकिएको विषय पनि उठाइएकाले बोल्न नदिइएको एक नेताले बताए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*