जिल्ला प्रशासन कार्यालय परिसरमा पत्रकारहरूको धर्ना

‘कोशी प्रदेश आमसञ्चार विधेयक’
नागरिक सञ्चार
१२ भाद्र २०८२, बिहीबार १८:४०

इलाम, भदौ १२ गते । कोसी प्रदेश सरकारले प्रदेशसभामा दर्ता गरी अघि बढाएको ‘कोसी प्रदेश आमसञ्चार विधेयक’ लाई पत्रकारिता र अभिव्यक्ति स्वतन्त्रतामाथि प्रहार भएको भन्दै पत्रकारहरूले विरोध गरेका छन् । नेपाल पत्रकार महासङ्घले प्रदेशका सबै जिल्लामा बिहीबार जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिएको छ ।
नेपाल पत्रकार महासङ्घ, इलामको आयोजनामा आज जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना कार्यक्रम गरिएको छ । सहभागी पत्रकारहरूले ‘प्रेस स्वतन्त्रता जिन्दाबाद’, ‘स्वतन्त्रता विरोधी प्रावधान खारेज गर’ जस्ता नाराबाजी गर्दै कार्यालय परिसर पुगेका थिए ।


नेपाल पत्रकार महासङ्घ, कोसी प्रदेश समिति पूर्व उपाध्यक्ष सोमनाथ सुसेली, सदस्य बुद्धमाया सोङ्मी, महासङ्घ इलामका अध्यक्ष भीम चापागाँई लगायतले पत्रकारलाई दुरुत्साहन गर्ने, दण्ड गर्ने र प्रेस स्वतन्त्रता कुण्ठित पार्ने विधेयक सच्याएर अगाडि नबढेसम्म आन्दोलन गर्ने बताए ।
कोसी प्रदेशसभामा ‘आम सञ्चार विधेयक’ पेस भए लगत्तै व्यापक बहस सुरु भएको छ । विधेयकमा पत्रकारितामाथि अङ्कुश लगाउने प्रावधान रहेको भन्दै नेपाल पत्रकार महासङ्घ लगायत विभिन्न पत्रकार सङ्गठनहरूले तीव्र विरोध जनाइरहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*