सिनेमा हलहरू अनिश्चितकालका लागि बन्द

नागरिक सञ्चार
२८ भाद्र २०८२, शनिबार १७:१७

देशका अधिकांश मल्टिप्लेक्स हलहरू अनिश्चितकालका लागि बन्द गरिएको छ। क्युएफएक्स, आईएनआई, विग मुभिज, वान सिनेमाज लगायतले बिहीबार सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि हल बन्द हुने जनाएका हुन्।

जेन-जी आन्दोलन र त्यसपछि उत्पन्न परिस्थितिका कारण हलहरू बन्द गरिएको हो।

दर्शकले खरिद् गरेका टिकट कार्यालय पुनः सुरू गर्ने बित्तिकै पूर्ण रूपमा फिर्ता गरिने जनाइएको छ।

असुविधाको लागि माफी माग्दै सबैलाई सुरक्षित रहन समेत जारी सूचनामा अनुरोध गरिएको छ।

विषम परिस्थितिका कारण अधिकांश सिनेमा हलहरू मंगलबारदेखि बन्द छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*