रेड पाण्डा म्याराथन हुने

रेड पाण्डा संरक्षण अभियान
नागरिक सञ्चार
१९ भाद्र २०८२, बिहीबार १६:२५

इलाम, भदौ १९ गते ।  म्याराथुनको माध्यमबाट लोपोन्मुख वन्यजन्तु रेड पाण्डाको संरक्षण अभियानलाई सहयोग पु–याउन आगामी असोज ४ गते (सेप्टेम्बर २०, २०२५, शनिबार) इलाममा रेड पाण्डा म्याराथन २०२५ आयोजना हुने भएको छ ।
दीप ज्योति युवा क्लब, पाँचथरको आयोजनामा तथा प्ले फर नेचर र रेड पाण्डा नेटवर्कको आर्थिक सहयोगमा हुने सो म्याराथन इलाम चोक बजारदेखि इलामको सबैभन्दा उचाइमा रहेको स्थान सन्दकपुरसम्म सञ्चालन गरिने विहिबार पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
आयोजकहरूले रेड पाण्डा संरक्षणसँगै पर्यटन प्रवद्र्धन, अनुसन्धान, जीविकोपार्जन र शैक्षिक अभियानलाई समेत यस म्याराथनमार्फत जोड्ने उद्देश्य लिएका छन् । रेडपाण्डा नेटवर्कका
कार्यक्रम संयोजक राम रीमालले महिला पुरुष र स्थानीयका लागि प्रतियोगिता सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो ।
पुरुष र महिला तर्फ प्रथम हुनेलाई एक लाख ५० हजार पुरस्कार रहेको छ । यस्तै स्थानीयमा प्रथम हुनेलाई २५ हजार पुरस्कार तोकिएको छ । प्रतियोगितामा जम्मा २५ लाख रुपैया खर्च हुने अनुमान रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*