आशिका तामाङलाई पाँच दिनको जेल सजाय

नागरिक सञ्चार
१२ भाद्र २०८२, बिहीबार २१:४०

कठमाडौं, भदौ १२ गते । आफूलाई सामाजिक अभियन्ता बताउने आशिाक तामाङलाई पाँच दिन कैद सजाय फैसला भएको छ । सञ्जाल मार्फत विभिन्न स्थानमा गएर परिवर्तन गरेको दावि गर्ने उनलाई आपराधिक उपद्रव अन्तरगतको मुद्धामा दोषी ठहर भएकी हुन् । जिल्ला अदालत भक्तपुरले विहिबार उनलाई पाँच दिन कैद र पाँच सय रुपैयाँ जरिवाना सजाय तोकेको छ ।
जिल्ला अदालत भक्तपुरका न्यायाधीश विश्वनाथ भट्टराईको एकल इजलासले तामाङलाई दोषी ठहर गरेको अदालतकी सूचना अधिकारी हिराकुमारी भण्डारीले जानकारी दिइन् । आशिकाले सूर्यविनायक नगरपालिका क्षेत्रको चर्चित साँगास्थित झोलुंगे पुलमा अवरोध पुर्याएको र त्यहाँ राखिएको सूचना च्यातेको आरोपमा नगरपालिकाले उनीविरुद्ध प्रहरीमा जाहेरी दिएको थियो । विभिन्न सार्वजनिक स्थानमा सर्वसाधारणलाई बढि शुल्क लिएको भन्दै आशिकाले उक्त कार्यको सामाजिक सञ्जाल मार्फत विरोध गर्दै आएकी छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*