भोजपुर सामूहिक हत्या प्रकरण : आरोपीलाई उपचारका लागि धरान लैजाने तयारी

हत्या प्रकरण
नागरिक सञ्चार
२२ असार २०८२, आईतवार १३:१५

२ असार, काठमाडौं । भोजपुरमा चार जनाको सामूहिक हत्या भएको घटनाका आरोपी राजेन्द्र राईलाई थप उपचारका लागि जिल्ला अस्पतालले धरान लैजान रेफर गरेको छ ।

पेटमा तीन ठाउँमा प्वाल परेको जस्तो देखिएको र रगताम्ये अवस्थामा फेला पारेपछि प्रहरीले उनलाई उपचारका लागि जिल्ला अस्पताल भोजपुर लगेको थियो । ‘भोजपुरमा प्रारम्भिक उपचारपछि थप उपचार गर्न रेफर गरिएको छ’, भोजपुर प्रहरीका एक अधिकृतले भने, ‘त्यसअनुसार धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाँदैछौं ।’
शनिबार राति भोजपुरको रामप्रसाद राई गाउँपालिका–२, धोदलेखानीमा ६८ वर्षीय बेलबहादुर गिरी, सासु मन्जु गिरी, उनीहरुका १६ वर्षीया छोरी र १० वर्षीय छोराको शव फेला परेको थियो । मृतक पक्राउ परेका राजेन्द्रका सासुससुरा, श्रीमती र साला हुन् ।
जिल्ला प्रहरी कार्यालय भोजपुरका इन्सपेक्टर दीपक श्रेष्ठका अनुसार, आरोपी राई आफैंले शनिबार राति सवा १ बजेतिर प्रहरी कन्ट्रोल रुममा फोन गरेर घटनाबारे जानकारी गराएका थिए ।
त्यसपछि उनको खोजीमा अस्थायी प्रहरी चौकी ओख्रेबाट प्रहरी सहायक निरीक्षक अशोक कुमार खवास र जिल्ला प्रहरी कार्यालय भोजपुरबाट हवल्दार नेतृत्वको टोली परिचालित भएको थियो ।
प्रहरीले राईलाई रामप्रसाद राई गाउँपालिका वडा नम्बर १ हर्बुभञ्ज्याङ भन्ने ठाउँमा घाइते अवस्थामा फेला पारेको थियो । प्रहरीका अनुसार, चार जनाको हत्या भएको ठाउँ र राजेन्द्र राई घाइते अवस्थामा फेला परेको ठाउँ करिब ४–५ किलोमिटर दुरीमा पर्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*